आमाको हत्या गर्ने अभिनेता रयानलाई जन्मकैद

हलिउड अभिनेता रयान ग्रांथमलाई ६४ वर्षीया आमाको हत्या गरेको आरोपमा जन्मकैद सजाय सुनाइएको छ । अदालतले २४ वर्षे रयानलाई जन्मकैदसँगै १४ वर्षसम्म जमानतमा नछोडिने र आजीवन बन्दुकको प्रयोगमा प्रतिबन्ध लगाउन आदेश दिएको छ ।

क्यानाडाको बैंकूलवरस्थित ब्रिटिस कोलम्बिया सुप्रिम कोर्टले रयानमाथि सजाय सुनाएको हो । अदालतले उनलाई ६ महिनाअघि आफ्नी आमाको हत्या मामिलामा दोषी ठहर्‍याएको थियो ।

‘रिवरडेल’ र ‘डायरी अफ ए विम्पी किड’ स्टार रयानले मार्च २०२० मा आमाको गोली हानी हत्या गरेका थिए । घरमा पियानो बजाइरहेकी आमाको टाउकोमा उनले गोली हानेका थिए । उनले आमाको हत्या गरेपछि भिडियो पनि बनाएका थिए । भिडियोमा लासको छेउमा उभिएर आफूले आमाको हत्या गरेको उल्लेख गरेका थिए ।

समाचारअनुसार आमाको हत्यापछि उनले क्यानाडाका प्रधानमन्त्री जस्टि ट्रुडोको हत्याको योजना बनाएका थिए । उनले यो कुराको दाबी आफ्नो डायरीमा गरेका छन् । तर उनले यो काम नगरी प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार १८:३४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया