बाजुराका ३२ गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारलाई जनही ३ लाख ५० हजार जरिवाना

बाजुरा जिल्लामा ५ वटा गाउँपालिकामा चुनाव लडेका ३२ अध्यक्ष र उपाध्यक्षका उम्मेदवारलाइ निर्वाचन आयोगले जरिवाना तोकेको छ । निर्वाचन आयोगमा खर्चको विवरण नबुझाएको भन्दै जनही ३ लाख ५० हजार जरिवाना तोकेको छ ।

जरिवाना तिर्नेमा जगन्नाथ गाउँपालिकाका अध्यक्षका उम्मेदवार सुन्दर विष्ट, उपाध्यक्षका उम्मेदवार धर्म शाही र महेश शाही रहेका छन् । त्यस्तै, निर्वाचित अध्यक्ष कालिबहादुर शाही, उपाध्यक्ष मरुकला विष्टलगायत ५ जना उम्मेदवार रहेका छन् ।

त्यस्तै, स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्षका उम्मेदवार चर्तुभुज शाही, चिरन्जीवी शाही, बिमल बहादुर शाही उपाध्यक्षका उम्मेदवार सुलोचना भण्डारी, सुरेशबहादुर रोकाया, बिरसिंगे विक र  निर्वाचित उपाध्यक्ष मैना जोशी  पनि रहेकी छन् । तर, गाउँपालिका अध्यक्ष भरत रोकायाको भने सूचीमा नाम भेटिएको छैन ।

त्यस्तै, हिमाली गाउँपालिकाका अध्यक्षका उम्मेदवार अजबहादुर मल्ल, निर्वाचित अध्यक्ष गोविन्दबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार गोरख शार्की, मनिजंग मल्ल, दीपेन्द्र बहादुर मल्ल र निर्वाचित उपाध्यक्ष राजकला शार्की र पराजित उपाध्यक्षका उम्मेदवार कमला रावत रोकाया रहेकी छन् ।

गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया, पराजित अध्यक्षका उम्मेदवार हिरेन्द्रबहादुर रोकाया, मानबहादुर रोकाया, लालबहादुर रोकाया र निर्वाचित उपाध्यक्ष सीता थापा र पराजित उपाध्यक्षका उम्मेदवार उमा रोकाया पनि जरिवानाको लिष्टमा रहेका छन् ।

त्यसैगरी, खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतसँगै पराजित भएका उम्मेदवार खड्कबहादुर बुढा, जगतबहादुर बुढा, देवेन्द्रबहादुर सिंह र नरबहादुर बुढा रहेका छन् । त्यसैगरी निर्वाचित उपाध्यक्ष विशुदेवी नाथ र उपाध्यक्षका उम्मेदवार मनदेवी कुमारी खड्का ओली समेत जरिवानाको सूचीमा रहेका छन् ।



निर्वाचन भएको ३० दिनभित्र तोकिएको ढाँचामा खर्चको विवरण बुझाउन अटेरी गर्नेलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारहरु खर्चको विवरण नबुझाएका हुन् । कानुनअनुसार सबै उम्मेदवारले चुनाव सकिएको ३० दिनभित्र खर्च विवरण निर्वाचन आयोगलाई बुझाउनुपर्ने हो ।

निर्वाचन कार्यलय बाजुराका सूचना अधिकारी विशाल पुडासैनीका अनुसार आयोगले तिरेको जरिवाना अनिवार्य तिनुपर्नेछ । आयोगले तोकेको जरिवाना नतिरेमा निर्वाचित प्रतिनिधिको पद जाने र अन्यले ६ वर्षसम्म निर्वाचन लड्न नपाउने जनाइएको छ ।



  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार १९:४०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया