मकवानपुरमा बरामद भएको प्रतिबन्धित मांगुर माछा नष्ट

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. २ अस्थायी प्रहरी पोष्ट भैंसे चेकपोष्टमा चेकजाँच गर्ने क्रममा बरामद भएको नेपालमा प्रतिबन्धित मांगुर माछा नष्ट गरिएको छ । प्रतिबन्धित मांगुर माछा ५० केजी र खानका लागि अयोग्य अन्य माछा १२० केजी माछा नष्ट गरिएको हो ।
 
मकवानपुर प्रहरी र चितवन माछा व्यवसायी संघको संयुक्त टोलीले असोज ७ गते शुक्रवार राति ११ बजे बरामद गरेको १७० किलो प्रतिबन्धित र खान अयोग्य माछा भैंसेमा खाल्डो खनी नष्ट गरिएको थियो । 

वीरगन्जबाट भन्सार छलेर ल्याइएको माछा प्रहरी र माछा व्यवसायी संघको संयुक्त पहलमा नियन्त्रणमा लिइएको थियो । नेपाल र भारतको माछा मिसावट गरी खानका लागि अयोग्य र प्रतिबन्धित माछा काठमाडौं लैजाने क्रममा भैंसेबाट बरामद गरिएको थियो ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख बज्रकिशोर ठाकुर, नेपाल मत्स्य व्यवसायी संघका महासचिव जोगेन्द्र महत्तो, चितवनका वरिष्ठ उपाध्यक्ष अर्जुन लामिछाने, स्थानीय सरोज चौलागाईं, प्रहरी चौकी भैंसेका प्रहरी र पत्रकारहरुको उपस्थितिमा बरामद गरिएको माछा खाल्डो खनेर नष्ट गरिएको थियो ।





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार २०:३८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया