उडिरहेको विमानमा यात्रुले परिचरलाई कुटेपछि...

उडानका समयमा एक यात्रुले परिचरलाई आक्रमण गरेका छन् । मेक्सिकोको लस क्याबोसबाट लस एन्जलसका लागि उडेको एक अमेरिकी एयरलाइन्सका यात्रुले परिचलाई आक्रमण गरेका हुन् । आक्रमण गर्ने यात्रुलाई आजीवन प्रतिबन्ध लगाइएको छ । बुधबार अमेरिकन एयरलाइन्सको उडान ३७७ मा उक्त घटना भएको हो । आक्रमणको भिडियो अर्का यात्रुले खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उक्त भिडियो अहिले भाइरल भएको छ ।

वासिंगटनपोस्टका अनुसार स्थानीय समयअनुसार दिउसो साढे तीन बेज उक्त विमान एल एन्जलस विमानस्थलमा अवतरण गरेको थियो । अवतरणपछि ती यात्रुलाई संघीय अनुसन्धान व्युरोका अधिकारीहरूले हटाएका थिए । ट्विटरमा सेयर गरिएको ३३ सेकेन्ड लामो भिडियो क्लिपमा विमानका पुरुष परिचरले यात्रुलाई ‘तपाईँले मलाई धम्की दिएको हो?’ भनेको सुन्न सकिन्छ । त्यति भनेर उनी अगाडि बढ्दा पछाडिबाट सुन्तला रंगको सर्ट लगाएका यात्रु पछाडिबाट दौडिएर मुड्कीले परिचरको टाउकोमा हिर्काउँछन् ।  

अन्य यात्रुले ‘ओ माई गड’ भनेको आवाज पनि भिडियोमा सुन्न सकिन्छ । एक यात्रुले ‘तपाईँले के गरेको हो ?’ भनेर ती व्यक्तिलाई झपारेका देखिन्छन् । कुटाइ खाएका परिचरको उद्धार गर्न एयर होस्टेस आएको पनि भिडियोमा देख्न सकिन्छ । बाँकी उडान भर ती व्यक्तिले विमानका अन्य यात्रुले नियन्त्रणमा लिएका थिए ।





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ८:४०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया