राष्ट्रपतिविरुद्ध रिटको पेसी हरि फुयाँलको इजलासमा
फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आइतबार सुनुवाइका लागि पेसी तोकिएको छ । 

न्यायाधीश हरि फुयाँलको इजलासमा तोकिएको पेसी आठौँ नम्बरमा राखिएको छ । संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् । 

दोस्रो पटक पठाएको विधेयक गत मंगलबार (४ असोज) प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले नगरेपछि सर्वोच्च अदालतमा छुट्टाछुट्टै पाँच वटा रिट परेका छन् । विधेयक प्रमाणीकरण गर्न आदेश दिन माग गर्दै परेको रिटको सुनुवाइका लागि गत शुक्रबार पेसी तोकिएको थियो ।  

राष्ट्रपति भण्डारीलाई विधेयक प्रमाणीकरण गराउन परमादेश/उत्प्रेषण आदेश माग गरिएको रिटको आइतबार हुने सुनुवाइ सूचीमा ८ औँ नम्बरमा राखिएको छ ।

अधिवक्ता सागर बरालसहित, शौनु परियारले परमादेशको र अधिवक्ता डा. सुनिल रञ्जन सिंहसमेत, अधिवक्ता सुनिकुमार यादव र देव शर्माले भने राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गराउन उत्प्रेषण परमादेश मागेका छन् ।  





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार १२:३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया