देउवाविरुद्ध चुनावी मैदानमा रहेका सागर ढकालले मागे चुनाव लड्न आर्थिक सहयोग

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सागर ढकालले आफूलाई आर्थिक सहयोग गर्न अपिल गरेका छन् । गुपचुप पैसा लिनुभन्दा खुला रूपमा जनतामा जाने निर्णय गरेको भन्दै ढकालले अनलाइनमार्फत सहयोग गर्न अपिल गरेका हुन् । 

चुनावी प्रचारप्रसारको लागि आर्थिक सहयोगको आवश्यक रहेको हुनाले इसेवा, खल्ती वा बैंक खातामा पैसा जम्मा गर्नका लागि ढकालले सार्वजनिक अपिल गरेका छन् । 

‘देश र विदेशमा रहनुभएका आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, यहाँहरूलाई अवगत नै छ कि म आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा डडेलधुराबाट उम्मेदवारी दिँदै छु । यसरी म चुनावी मैदानमा होमिँदा धेरै जना मलाई आर्थिक सहयोग गर्नका लागि इच्छुक हुनुहुन्छ । हामीलाई चुनावी प्रचार प्रसारको लागि आर्थिक सहयोगको आवश्यक रहेको हुनाले इच्छुक महानुभावहरूले निम्न बमोजिमका सर्तहरू सहित आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।

चुनावी खर्चलाई सकेसम्म कम गर्ने र यातायातका लागि मोटरसाइकलको मात्र प्रयोग गर्ने उनले उल्लेख गरेका छन् । साधारण शाकाहारी खाना खाने, भड्किलो प्रचार प्रसार नगर्ने पनि उनले उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार १४:८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया