भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ नेपाल भित्रियो
फाइल तस्बिर

चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा भारतबाट नेपालमा ४१ अर्ब रुपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रिएको छ । भन्सार विभागका अनुसार २०७९ साउन र भदौ महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपालले आयात गरेको हो। 

सो अवधिमा कुल ४१ अर्ब ३ करोड १३ लाख २७ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको छ । बितेका दुई महिनामा भारतबाट १८ अर्ब ४२ करोड १५ लाख २४ हजार रुपैयाँको डिजेल, १२ अर्ब १८ करोड ९४ लाख ६२ हजार रुपैयाँको पेट्रोल र १० अर्ब ४२ करोड ३ लाख ४१ हजार रुपैयाँको एलपी ग्यास नेपाल आएको छ । 

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिना (साउन र भदौ)मा भारतबाट नेपालले ३० अर्ब ५० करोड ७७ लाख ८९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो । 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको साउन र भदौमा नेपालले भारतबाट १० अर्ब ५२ करोड ३५ लाख ३८ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।  





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार १६:४९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया