आजको मौसम : बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

आज बिहान देशभर बदली छ । केही क्षेत्रमा वर्षासमेत भइरहेको छ । दिउँसो प्रदेश–१, मधेश, बागमती, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति प्रदेश–१ र मधेश प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । 

मंगलबार प्रदेश–१, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशहरूका एक/दुई स्थानमा वर्षाको आँकलन गरिएको छ ।

बुधबार प्रदेश–१, बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । 





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार ७:१९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया