इस्टर्न हाइड्रोपावर कम्पनीको आइपिओ आइतबार बाँडफाँट गरिएको छ । कम्पनीले ७ देखि २८ भदौसम्म आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई ६ लाख २० हजार कित्ता सेयर खुला गरेको थियो ।
जसमध्ये पाँच लाख ६९ हजार ६९० कित्ताका लागि आवेदन परेको छ । बाँकी ५० हजार ३१० कित्तामा भने आवेदन परेको छैन । अब यो बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणहरूका लागि आइपिओ बिक्री खुला गर्दा थप गरेर ल्याउनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।