दक्षिण कोरिया र अमेरिकाको संयुक्त नौसैनिक अभ्यास सुरु

प्योङयाङले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको एक दिनपछि दक्षिण कोरिया र अमेरिकाले सोमबारदेखि प्रायद्वीप नजिकै पहिलोपटक संयुक्त नौसैनिक अभ्यास सुरु गरेका छन् । 

वासिङ्टन सीउलको मुख्य सुरक्षा साझेदार हो र उसले आणविक रूपमा सशस्त्र उत्तर कोरियाबाट रक्षा गर्न दक्षिण कोरियामा २८ हजार ५ सय सैनिक खडा गरेका छन् । 

उत्तर कोरियासँग आफ्ना अग्रज तथा पूर्वराष्ट्रपति मुन जाय इनको असफल कुटनीतिपछि मे महिनामा कार्यभार सम्हालेका दक्षिण कोरियाका वर्तमान राष्ट्रपति युन सुक योलले अमेरिकासँग संयुक्त सैन्य अभ्यास वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् । 

‘यो अभ्यास उत्तर कोरियाको उत्तेजनालाई जवाफ दिन दक्षिण कोरिया–अमेरिका गठबन्धनको बलियो इच्छा प्रदर्शन गर्न तयार गरिएको थियो’, दक्षिण कोरियाको नौसेनाले एक विज्ञप्तिमा भनेको छ । 

दक्षिण कोरियाको तटमा चार दिनसम्म हुने उक्त अभ्यासमा एन्टी–शिप र एन्टी–पनडुब्बी युद्ध कार्यहरू, सामरिक युद्ध अभ्यास र अन्य समुद्री अपरेसन हुनेछन् । 





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार १२:५२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया