\
सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४.४ अङ्क ल्याएर पहिलो भएको हो ।
३१ वटा सूचकमाथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ । दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत , चौथोमा सल्यान, पाँचौँमा मुगु, छैटौँमा दैलेख, सातौँमा रुकुम पश्चिम,आठौँमा जुम्ला, नवौँमा हुम्ला र दशौँमा डोल्पा छ ।
सेवा प्रवाह, भौतिक प्रगति, वार्षिक प्रतिवेदन, बेरुजु फर्स्योट, सहभागिता समन्वय, राष्ट्रिय योजना आयोगको अनुसूची २, नव प्रवर्द्धनात्मक कार्यहरू सूचकमा समेटिएका थिए ।
कार्यालय प्रमुखको प्रस्तुति, जिल्ला स्तरमा समीक्षा व्यवस्थापन, जिल्लाको समग्र प्रदेशमा प्रस्तुति र भौगोलिक अवस्था आदिलाई आधार मानेर मूल्याङ्कन गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।