रुसी विद्यालयमा गोलीकान्ड : कम्तीमा १५ जनाको मृत्यु
फरकधार / ११ असोज, २०७९
यो सामग्री सेयर गर्नुहोस्

रुसमा विद्यालयमा भएको गोलीकान्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । मध्य रसियाको आफ्नो पुरानो विद्यालयमा सोमबार एक व्यक्तिले गोली चलाएको अधिकारीहरूले बताएका छन् ।



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आंशिक परिचालनको विरोधमा देशभर प्रदर्शन भइरहेका बेला विद्यालयमा नरसंहार भएको हो । पुटिनले इजेभस्क सहरमा भएको ‘अमानवीय आतंकवादी हमला’ भत्र्सना गरेका छन् ।



गोली हान्ने व्यक्ति नव फासीवादी समूहसँग आवद्ध रहेको बताइएको छ । रुसी सञ्चारमाध्यमका अनुसार आक्रमणकारीले  नाजीको प्रतीकसहितको कालो टप लगाएका थियो ।



सन् १९८८ मा जन्मिएका आक्रमणकारीले सोही विद्यालयबाट स्नातक गरेका थिए ।







  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार ७:१७:४८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया