काठमाडाै– शुक्रबार टिचिङ अस्पतालमा नै पुगेर पूर्वराष्ट्रपति डा. रामवरण यादवले अनसनरत डा. गोविन्द केसीलाई अनसन ताेड्न अनुराेध गरेका छन् । साथै उनले केसीकाे स्वास्थ्य निकै कमजाेर भएकाे भन्दै उनकाे जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् ।
डा. केसी अनसनमा बसेकाे शुक्रबार २४ दिन भएकाे छ । इलाममा अनसन सुरु गरेका केसीलाई केही दिनपछि स्वास्थ्य बिग्रिएकाले काठमाडाैं ल्याइएकाे थियाे ।
‘डा केसीकाे दृष्टिकोण र सरकारको दृष्टिकोण फरक हुनसक्छ । तर, उहाँको जीवन अमूल्य छ’ भेटपछि यादवले भने, ‘म सरकारलाई नागरिकको जीउधनको रक्षा गर्ने सरकारकाे पहिलाे कर्तव्यबारे अनुराेध गर्न चाहन्छु ।' यादवले वार्ताबाट समाधान निकाल्नु पर्नेमा पनि जाेड दिए ।
शुक्रबार नै अन्य नागरिक अगुवा पनि अस्पताल पुगेर अनसन ताेड्न डा. केसीलाई अनुराेध गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।