इमरान खानले फेरि भने- मेरो हत्याको षड्यन्त्र हुँदैछ

पाकिस्तानका अपदस्थ प्रधानमन्त्री इमरान खानले वरिष्ठ राजनीतिज्ञ मरियम नवाजले आफूविरुद्ध ‘साम्प्रदायिकता र धार्मिक घृणा’को प्रचार गरेको र ‘धार्मिक कट्टरपन्थी’मार्फत उनको हत्या गर्ने षड्यन्त्र रचेको आरोप लगाए ।

मरियम पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी हुन् । ‘धार्मिक कट्टरपन्थीमार्फत मेरो हत्या गर्न मरियम नवाज र उनका सहयोगीहरूले मेरोविरुद्ध साम्प्रदायिकता र धार्मिक घृणाको प्रचार गरेका छन्’, खानले भने ।

आफूलाई मृत्युसँग डर नभएको पनि उनले बताए । गत शनिबार लाहोरबाट करिब ४०  किलोमिटर टाढा रहिम यार खानको एक र्‍यालीमा पनि पिटीआईका अध्यक्षसमेत रहेका खानले आफ्नो हत्याको षड्यन्त्र भएको दाबी गरेका थिए ।

‘चार जनाले मलाई मार्ने ’बन्द ढोका’ पछाडि निर्णय गरेका थिए’, उनले भने । पूर्वक्रिकेटर समेत रहेका खानले बारम्बार हत्याको षड्यन्त्र भएको दाबी गर्दै आएका छन् । संसदमा अविश्वासको प्रस्तावमार्फत हटाइएका खान सत्ताच्युत भएपछि सरकारविरुद्ध आक्रोश पोख्दै आएका छन् ।





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार ८:४५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया