अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ३० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ ९० पैसा रहेको छ ।
विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलर बलियो भएसँगै नेपाली, पाकिस्तानी र श्रीलंकाली रुपैयाँ पनि कमजोर भएको छ भने पाउन्ड–युरो पनि कमजोर बनेको छ ।
यो दिन युरोपियन युरो एकको खरिदमा १२५ रुपैयाँ ७४ पैसा र बिक्रीमा १२६ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १३९ रुपैयाँ ८८ पैसा र बिक्रीमा १४० रुपैयाँ ५२ पैसा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।