राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकीकरण घोषणा
फरकधार / ११ असोज, २०७९
यो सामग्री सेयर गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण घोषणासभा हुने भएको छ ।



राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा घोषणासभा हुने भएको हो ।



राप्रपामा मिश्रको पद के हुने भन्नेबारे भने श्रेष्ठले खुलाएका छैनन् ।



‘नेपालको राष्ट्रवादी आन्दोलनमा हामी नयाँ खबर सुनाउन आतुर थियौँ, अन्ततः सम्भव हुने भयो,’ श्रेष्ठले मंगलबार बिहान फेसबुकमा लेखेका छन्, ‘राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा घोषणासभा हुनेछ ।’  







  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार ११:९:३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया