बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास

सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजेदेखि बसिरहेको बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास भइरहेको छ । 

शीर्ष नेताहरू सहभागी उक्त बैठकमा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने गरी छलफल भइरहेको छ । 

सिट बाँडफाँट गर्न गठित कार्यदलले दिएको सुझावसहित बैठकमा छलफल भइरहेको छ । 

कार्यदलले ८० प्रतिशत सिटमा सहमति जुटाएको दाबी गरिएको थियो भने । बाँकी २० प्रतिशत सिटमा देखिएको समस्या समाधान गर्न शीर्ष तहमा छलफल भइरहेको छ । 





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार १३:५८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया