बन्दसूचीमा भएका त्रुटि परिमार्जन गरिनेछ : कांग्रेस

नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा भएका त्रुटिलाई परिमार्जन गर्ने जनाएको छ । 

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले दिएको समावधिभित्र समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीको त्रुटि सच्याउने बताएका हुन् । 

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची गत २ र ३ असोजमा कांग्रेससहितका दलहरुले निर्वाचन आयोगमा बुझाएका छन् । उक्त सूचीमा भएका त्रुटि सच्याउन आयोगले १६ असोजसम्म समय दिएको छ । 

उक्त समयभित्र सच्याउने प्रवक्ता महतले बताए । ‘निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची पेस गर्ने कार्य सम्पन्न गरिसकेको छ । समानुपातिक बन्द सूचीमा भएका त्रुटिहरु परिमार्जन निर्वाचन आयोगले दिएको समयसीमा भित्र गरिनेछ,’ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ । 





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार १८:३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया