धनुषा प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–६ मुसहरी टोल बस्ने रेविया सदा रहेका छन् ।
रेवियाले ३५ वर्षीया श्रीमती आशा देवी सदालाई कुटपिट गरी हत्या गरेको कुरा जानकारी हुनासाथ खटिएको अनुसन्धान टोलीले उनलाई मुसहरीटोलबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
रेवियाले मादक पदार्थ सेवन गरी ढुंगाले प्रहार गरी आशा देवीको हत्या गरेको कुरा स्वीकार गरेको डिएसपी क्षेत्रीले बताए ।
पक्राउ परेका रेवियाको साथबाट प्रहरीले हत्या गर्न प्रयोग गरिएको ढुंगाको सिलौटो (चिप्लौटा) र बियरको बोतलसमेत बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।
उनीमाथि ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।