सल्यानमा जिप दुर्घटना : ८ जनाको मृत्यु, एक घाइते

सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुरबाट सल्यान जाँदै गरेको रा१ज ५६३ नम्बरको जिप सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार मृतक सल्यानको कपुरकोटकै विभिन्न वडाका हुन् । दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा गम्भीर घाइते भएका एकजनालाई उद्धारपछि उपचारका लागि दाङ तुलसीपुर लगिएको छ । प्रहरीका अनुसार जिप आज बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको हो । 

जिपमा ९ जना सवार रहेका प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।    





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार ६:५२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया