सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, सिट बाँडफाँटकाे विषय टुंग्याउने सम्भावना

सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा चटारो परेको छ । 

त्यसका लागि गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । प्रदेश सभातर्फको ३३० सिट बाँडफाँटको प्रस्ताव तयार गरिएको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले जानकारी दिए । 

उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ । 

आजको बैठकले प्रतिनिधि सभातर्फको सिट बाँडफाँटमा पनि सहमति गर्ने ठानिएको छ ।    





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार ७:७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया