सल्यान जिप दुर्घटना : मृतक ८ जनाकै परिचय खुल्यो
फरकधार / १२ असोज, २०७९

सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । राप्ती राजमार्गअन्तर्गत सल्यान कपुरकोट गाउँपालिका–३ मूलपानीमा आज बिहान साढे ३ बजे बाँके कोहलपुरबाट कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जिप दुर्घटना भएको हो ।



दुर्घटनामा परी जिप चालक कपुरकोट गाउँपालिका–६ जलवाङका २१ वर्षीय जितबहादुर बोहरा, शोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

दुर्घटनामा परी एकजना घाइते भएका छन् । घाइते कपुरकोट गाउँपालिका–६ जलवाङकै ३५ वर्षीय तिलक ओली रहेका छन् ।



घाइते ओलीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपमा ९ जना सवार रहेको र जिप अनियन्त्रित भइ सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।   



  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार ८:१०:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया