मेस्सी चम्किँदा जमैकाविरुद्ध अर्जेन्टिनाको सहज जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज बिहान सम्पन्न खेलमा दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले जित हात पारेको छ । उसले अफ्रिकी राष्ट्र जमैकाविरुद्ध ३–० को सहज जित हात पारेको हो ।

अमेरिकाको न्यु जर्सीस्थित रेडबुल एरिनामा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा जुलियन अल्भारेजले एक गोल गरे । 

खेलको ११ औं मिनेटमा अल्भारेजको गोलमार्फत अर्जेन्टिनाले अग्रता  लिएको थियो । उनले लाउटारो मार्टिनेजको पासलाई सदुपयोग गरे ।

खेलको ८६ औं मिनेटमा जियोभानी लो सेल्सोको पासलाई गोलमा परिणत गर्दै मेस्सीले टोलीको अग्रता दोब्बर बनाए । ८९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि अर्जेन्टिनाले ३–० को सहज जित निकाल्यो । 





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार ८:४२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया