शेखर पक्षधरले आज पार्टी कार्यालयमा धर्ना दिँदै, देउवाले एकलौटी गरेको आरोप
फाइल तस्बिर

नेपाली कांग्रेस संस्थापनइतर पक्षधरले आज पार्टी कार्यालय सानेपामा धर्ना दिँदैछन् । उनीहरुले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति भन्दै दिउँसो १ बजे धर्ना दिन लागेका हुन् । शेखर कोइराला समूहले समानुपातिकको बन्द सूचीमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ ।

संस्थापनइतर शेखर कोइराला समूहको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गरेको छ । केही दिनयता निरन्तर छलफलमा रहेको कोइराला समूहको सोमबारको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गर्दै दबाब स्वरूप  एक घण्टा पार्टी कार्यालयमा धर्ना दिन लागेको हो ।

साथै भेलाले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्द सूचीमा आफूहरूलाई उपेक्षा गरिएको भन्दै सच्याउन पनि माग गरेको छ ।  





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १०:१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया