साउदी अरेबियाको प्रधानमन्त्रीमा मोहम्मद बिन सलमान नियुक्त

साउदी अरेबियाको राजनीतिमा शक्तिशाली पकड रहेका युवराज मोहम्मद बिन सलमानलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । प्रधानमन्त्रीको पद परम्परागत रूपमा राजाको हो । तर, राजाले युवराज बिन सलमानलाई मंगलबार नियुक्त गरेका हुन् । सञ्चार माध्यममा एमबीएसका रुपमा परिचित युवराज ले यसअघि राजा सलमानको नेतृत्वमा उपप्रधानमन्त्री र रक्षामन्त्रीको रुपमा काम गरिसकेका छन् ।

उनको स्थानमा उनका कान्छा भाइ खालिद बिन सलमान रक्षा मन्त्री बनेका छन् । यसअघि उनी उप रक्षा मन्त्री थिए । 

आधिकारिक साउदी प्रेस एजेन्सीद्वारा प्रकाशित राजा सलमानको शाही आदेशअनुसार, गृह, विदेश र ऊर्जा सहित अन्य महत्वपूर्ण मन्त्रालयका जिम्मेवारी सम्हालेका सलमान गत महिना ३७ वर्ष पुगे । सन् २०१७ देखि उनी राजाको रूपमा आफ्नो बुबाको उत्तराधिकारी हुने पहिलो लाइनमा छन् । 





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १३:१४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया