राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा कर्णालीका चार सय ४७ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कर्णाली प्रदेशबाट चार सय ४७ विद्यालय छनौट भएका छन् । नयाँ भवन निर्माण तथा आइसिटी कार्यक्रम अन्तर्गत यी विद्यालयहरू छनौट भएका हुन् ।

जिल्लागत रूपमा हेर्दा रुकुम पश्चिमका सबैभन्दा धेरै विद्यालय छनौटमा परेका छन् । रुकुम पश्चिमका ९२ विद्यालय, दैलेखका ५०, जाजरकोटका ४८, सल्यानका ४७ र कालिकोटका ४१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट भएका हुन् ।

यसै गरी सुर्खेत र जुम्लाका ४०–४० वटा, हुम्लाका ३९ वटा डोल्पाका ३१ वटा र मुगुका १९ वटा विद्यालय छनौटमा परेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।


 





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १३:३१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया