डा. केसीको माग विधेयकमा प्रतिबिम्बितः शिक्षामन्त्री

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीसँग भएका सम्झौता सरकारले लागू गरेको बताएका छन् ।  

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघकाे छैटौँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले प्रधानमन्त्रीकोे अग्रसरतामा डा. केसीसँग भएका सहमतिलाई मूलभूत रूपमा विधेयकमा समेटिएको बताए । उनले भने, ‘अब सैद्धान्तिक कुरा गरेर हाेइन, चिकित्सा क्षेत्रको सुधारका लागि आयोग बनाएर काम गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछु ।’ 

मन्त्री पोखरेलले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्न प्राविधिक शिक्षामा जोड दिँदै नेपाल संस्कृत विश्वविद्यालयले पूर्वीय दर्शन, संस्कृति र वाङ्मयभित्र रहेको ज्ञानलाई आधुनिकतासँग जोडेर जडीबुटी–आयुर्वेद–योग र प्राकृतिक चिकित्साविज्ञानलाई अघि बढाउनुपर्ने बताए । 





  • प्रकाशित मिति : माघ १९, २०७५ शनिबार ७:१०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया