डेंगु संक्रमणबाट एकैदिन चारजनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगु संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै गत साउन १ गतेदेखि नेपालमा २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा डेंगुका कारण थप चार जनाको ज्यान गएको छ । यससँगै डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

हाल सबैभन्दा बढी डेंगुका बिरामी बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा २१ हजार ५८९ जना डेंगुका बिरामी भेटिसकेका छन् ।

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८१५, मधेस प्रदेशमा ४०५, गण्डकी प्रदेशमा ६५३, लुम्बिनी प्रदेशमा ३ हजार ५०, कर्णाली प्रदेशमा २३६ र सुदूरपश्चिम प्रदेशमा ८२१ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १८:३८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया