logo-img

समाजवादी छोडेर एमाले प्रवेश गर्दै नन्दसिंह बुढाले भने -  पुरानै घरमा फर्किएँ

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पाउनका लागि फ्लोर क्रस गरेका नेकपा समाजवादी केन्द्रका नेता नन्दसिंह बुढा एमालेमा प्रवेश गरेका छन् । उनी नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य  रहेका थिए ।

बिहीबार एमाले महासचिव शंकर  पोखरेलले उनलाई स्वागत गरेका हुन् ।  टेलिफोनमा कुरा गर्दै उनले आफू पुरानै घरमा फर्किएको बताए । समाजवादीका अधिकांश नेतालाई नेकपा एमाले भएको आरोप डोल्पामा लाग्दै आएका थियो ।

प्रदेशसभाको टिकट दिने प्रतिबद्धता भएपछि उनी एमालेमा फर्किएको स्रोतले बताएको छ । पछिल्लो समयमा डोल्पाका हरेक पार्टीका गतिविधिमा बुढाले एकलौटी गरेको भन्दै अर्का नेता हंसबहादुर शाही रुष्ट हुँदै आएका थिए । 







  • प्रकाशित मिति : असोज १३, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया