नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने बाटोतिर लागेको छ । तर, मुलुकका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि कायमै रहेको छ ।
आज प्रदेश–१, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने आँकलन महाशाखाले गरेको छ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भने वर्षा हुनसक्ने देखिएको छ ।
शनिबार पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।