सत्ता गठबन्धनको बैठक बस्दै, सबै निर्वाचन क्षेत्रको टुंगो लगाउने सम्भावना

सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको लागि सहमति नजुटेका निर्वाचन क्षेत्रको टुंगो सम्भावना छ ।  

सत्ता गठबन्धनभित्र दलहरूले दोहोरो दाबी गरेपछि केही ठाउँको सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन । बुधबार रातिसम्म भएको छलफलले केही सिटबाहेक सबै क्षेत्र सहमति टुङ्ग्याएको थियो । 

सहमतिअनुसार हालसम्म नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्रले ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टीले १३ सिट र राष्ट्रिय जनमोर्चाले दुई सिट पाउने सहमति भएको गठबन्धन निकट स्रोतले जनाएको छ । 

सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पनि आसन्न निर्वाचनका लागि निर्वाचन क्षेत्रको बाँडफाँट टुङ्ग्याएको बताएको छ । 

लामो समयदेखिको बैठक र गृहकार्यपछि निर्वाचन क्षेत्रको टुंगो लगाएको प्रचण्डको सचिवालयले जनाएको हो । केही निर्वाचन क्षेत्रमा भएको दोहोरो दाबेदारी शीर्ष नेतृत्वबीचको आपसी समझदारीमा छिट्टै टुंगो लगाइने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

‘लामो गृहकार्य र बैठकपछि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गठबन्धन दलहरूबीच निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लागेको छ,’ मल्लले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही निर्वाचन क्षेत्रमा भएको दोहोरो दाबेदारी शीर्ष नेतृत्वबीचको आपसी समझदारीमा छिट्टै टुंगो लगाइनेछ ।’





  • प्रकाशित मिति : असोज १४, २०७९ शुक्रबार ९:५८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया