पाकिस्तानी बलर नसीम शाहलाई कोरोना संक्रमण

पाकिस्तानका तीव्र गतिका बलर नसीम शाहलाई कोरोना संक्रमण भएको छ । पछिल्लो समय निमोनियाको कारण आराम गरिरहेका उनलाई कोरोना पुष्टि भएको हो  ।

यद्यपि उनी अस्पतालबाट डिस्चार्ज भइसकेको र स्वास्थ्य अवस्था राम्रो रहेको पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) ले जनाएको छ ।

घरेलु टोली पाकिस्तानले हाल इंग्ल्याण्डविरुद्ध ७ खेलको अन्तर्राष्ट्रियटी–२० सिरिज खेलिरहेको छ । जसमा ५ खेल पाकिस्तान सकिँदा ३–२ ले अघि छ । सिरिजको छैटौं खेल आज लाहोरमा हुनेछ । 

कोरोनाका कारण नसीमले इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजअन्तर्गत बाँकी दुई खेल गुमाउने भएका छन् । उनले सिरिजको पहिलो खेल मात्र खेलेका थिए । 





  • प्रकाशित मिति : असोज १४, २०७९ शुक्रबार ११:३५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया