चाडपर्वलाई लक्षित गर्दै मकवानपुर प्रहरीले सुरु गर्‍यो गस्ती

चाडपर्वको समयमा हुने लुटपाट तथा अपराधलाई नियन्त्रण गर्न राजमार्ग क्षेत्रमा मकवानपुर प्रहरीले हतियारसहितको प्रहरी गस्ती सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको हेटौंडास्थित बसपार्क क्षेत्रबाट आफ्नो सिमाक्षेत्र रहेको पश्चिम क्षेत्र मनहरी गाउँपालिकाको लोथर तथा दक्षिणतर्फ चुरियामाई मन्दिर क्षेत्रसम्म पूर्व-पश्चिम राजमार्ग खण्डमा सवारीभित्र हतियार सहितको प्रहरी परिचालन गरेको हो ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख वामदेव गौतमले बताए । 

गस्ती रहेका प्रहरीले शंकास्पद गतिविधि गर्ने व्यक्तिलाई तुरुन्तै नियन्त्रणमा लिएर अनुसन्धान गर्नसक्ने प्रहरीको भनाइ छ । रात्रीकालिन समयमा हुने लुटपाट तथा आपराधिक क्रियाकलापलाई कम गर्न गस्ती प्रभावकारी हुने प्रहरीको दाबी छ ।   





  • प्रकाशित मिति : असोज १४, २०७९ शुक्रबार ११:५२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया