नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटको खेल तालिका सार्वजनिक

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार महिला क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो ।

महिला क्रिकेटमा ९ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम र बागमती तथा समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेका छन् ।

पोखरा क्रिकेट रंगशालामा आयोजना हुने महिला क्रिकेट २३ असोजबाट १ कात्तिकसम्म हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र मधेश प्रदेश प्रतिस्पर्धा गर्नेछन् । सोही दिन हुने दोस्रो खेलमा सुदूरपश्चिम र बागमती प्रदेश भिड्ने छन् ।

नवौं राष्ट्रिय खेलकुद २८ असोजदेखि ३ कात्तिकसम्म आयोजना हुनेछ । पुरुष क्रिकेट भने सम्पन्न भइसकेको छ ।





  • प्रकाशित मिति : असोज १४, २०७९ शुक्रबार १२:१५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया