पुटिनले युक्रेनका नयाँ क्षेत्र नियन्त्रणमा लिएको घोषणा गरे, अमेरिकाले लगायो प्रतिबन्ध

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका नयाँ चार क्षेत्रहरु रुसी कब्जामा आएको घोषणा गरेका छन् । उनले ती नयाँ क्षेत्र अब रुसको भएको एक दस्तावेज तयार पार्दै त्यसमा हस्ताक्षर पनि गरेका छन् ।

मस्कोमा भएको एक कार्यक्रममा उनले यस विषयमा घोषणा गरेका हुन् । उनले अब औपचारिक रुप्मा ती ठाउँहरु रुसको नियन्त्रणमा भएको बताएका हुन् ।

यसअघि युक्रेनको क्रिमिया क्षेत्रलाई पनि रुसले सन् २०१४ मा आफ्नो देशमा गाभिएको घोषणा गरेको थियो ।

पुटिनले यस्तो घोषणा गरेसँगै अमेरिका तथा पश्चिमा देशले यसको चर्को आलोचना गरेका छन् । अमेरिकाले त रुसमाथि थप नयाँ प्रतिबन्ध लगाएको घोषणासमेत गरेको छ।





  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार ०:२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया