एमाले उपाध्यक्ष रामबहादुर थापा चुनाव नलड्ने, समानुपातिकमा पनि नबस्ने

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले आगामि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् । प्रत्यक्ष निर्वाचनमा सहभागी नहुने बादलले समानुपातिक सूचीमा पनि चासो देखाएका छैनन् ।

यसअघि नेकपा माओवादी केन्द्रमा रहेका बादल नेकपा विभाजित भएर नेकपा एमालेको पुनर्गठन भएपछि अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई असल नेता भन्दै एमालेमा आफू रहने निर्णयमा पुगेको बताएका थिए । ओली प्रधानमन्त्री हुँदा बादल गृहमन्त्री थिए ।

यसपटक निर्वाचनमा नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले रोजेका नेताहरुको अवस्थाबारे विभिन्न टिप्पणी भएका छन् । यहीबीच बादलले निर्वाचनमा सहभागी नहुने ओली निवास बालकोटमा भएको सचिवालय बैठकमा नै जानकारी गराएका हुन् ।

बादलसँग नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि यो निर्वाचनमा प्रत्यक्षमा नलड्ने बताएकी छिन् । 

नेकपा एमालेले टिकटको बाँडफाँटको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।





  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार ७:२६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया