शेखर समूहले देउवालाई दियो ५ बजेसम्मको अल्टिमेटम

समानुपातिक तथा प्रत्यक्षतर्फको टिकट वितरणमा आफ्नो पक्षलाई पनि समान न्याय चाहिने भन्दै पार्टीमा अन्तसंघर्ष गरेको शेखर कोइराला समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई आज साँझ पाँच बजेसम्मको अल्टिमेटम दिएको छ । 

यो संघर्षको नेतृत्व गरिरहेका गुरुराज घिमिरेले ट्विटरमा आफूहरु साँझ पाँच बजेसम्म कुर्न तयार भएको बताएका छन् । उनले आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी विद्रोह गर्ने चेतावनी यसअघि नै दिइसकेका छन् । 

यसअघि यो समूहका नेता तथा कांग्रेस महामन्त्री गगन थापाले पनि पार्टीमा विद्रोह गर्नु पर्ने अवस्था आएको बताएका थिए ।

घिमिरेले ट्विटरमा लेखेका छन्, ‘नेपाली कांग्रेसका लागि सुची सच्याउने समय आज ५ बजेसम्म भएकाले पार्टीद्वारा प्रस्तावित अन्तिम सुचिको प्रतिक्षामा रहेको जानकारी गराउँदछु ।जय नेपाल ११’

निर्वाचन आयोगमा आइतबारसम्म दिइएको समानुपातिकको बन्द सूची अन्तिम हुनेछ । सभापति शेरबहादुर देउवाले शेखर पक्षको माग सम्बोधन गर्न आफू तयार भएको बताएका छन् । तर, यसको व्यवस्थापन कसरी गर्ने भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।





  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार १२:२८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया