जसपाले सत्तारुढ गठबन्धन छोड्ने सम्भावना बढ्यो, एक्लै चुनावमा जान सक्ने

सत्तारुढ पाँच दलीय गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनबाट अलग हुनसक्ने सम्भावना बढेको छ । शनिबार भएको जसपाको कार्यकारिणी समितिको बैठकमा भएको छलफलपछि यो सम्भावना बढेको हो ।

पाँच दलीय गठबन्धनमा जसपाले आगामि प्रतिनिधिसभा निर्वाचनमा १७ सिटमा चित्त बझुाउनु पर्ने विषयमा छलफल भएको छ । 

तर, जसपाले आफूलाई कम्तिमा पनि ४० निर्वाचन सिटमा उम्मेदवारी दिन पाउनु पर्ने बताउँदै आएको छ । यसका लागि अब जसपाले अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेलका लागि प्रयास गर्नेछ ।

जसपाका नेताहरुले अहिले आफ्नो प्राथमिकता पाँच दलीय गठबन्धन नै भएको भए पनि सिट बाँडफाँटमा चित्तबुझ्दो काम नभएको बताउन थालेका छन् । यसले गर्दा अरु दलसँग पनि आफूहरु तालमेलको निर्णयमा जानसक्ने विषयमा उनीहरुले छलफल सुरु गरेका छन् ।





  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार १७:५३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया