दसैंमा झिलिमिली काठमाडौंका बजार [फोटो फिचर]

देशको संघीय राजधानीका सपिङ सेन्टर आजकल रङ्गिन छन् । दसैं, तिहार र छठलगायत पर्वहरू नजिकिएसँगै बजार झिलिमिली बनेको हो । सहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ  । 

बजारमा डमी पिड, लटाइले सजिइएको छ । साँझपख सडकमा घुम्दा दीपावलीको झल्को दिनेगरी बजारमा झिलिमिली बत्ती बालिएको छ । आकर्षक बनाएर प्रतिस्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ । लगातार चाडपर्वहरू आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरू आफ्नो व्यवसाय प्रतिष्ठानलाई सजाएका हुन् । 

दसैं लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजारहरु सजिसजाउ देख्न सकिन्छ ।  काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दसैंका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ । उपत्यकाबाट दसैं मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दसैं मनाउनेहरू एकै पटक बजारमा पुग्दा चाप बढेको हो । 

अर्कातिर यही बेला विदेशबाट दसैं मनाउन आउनेहरू पनि छन् । उनका अनुसार नियमित रूपमा सञ्चालन भइरहेको सपिङ सेन्टर, कपडा होलसेल पसल तथा विभिन्न रूपमा दसैं पर्वका लागि सजिएका पसललाई केही दिनदेखि चटारो परेको छ । 

 





फोटो फिचर : न्युज एजेन्सी नेपाल 

  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार १८:२०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया