इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा चेल्सी विजयी भएको छ । ऊ घरेलु टोली क्रिस्टल प्यालेसविरुद्ध २–१ ले विजयी भएको हो ।
सेलहर्स्ट पार्कमा सुरूवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको सातौँ मिनेटमा ओडसन इडुवार्डले क्रिस्टल प्यालेसलाई सुरुवाती अग्रता दिलाए । उनले जोर्डन आइयूको पासलाई सदुपयोग गरेका थिए ।
३८ औं मिनेटमा पिएरे इमिरिक औवामियाङले चेल्सीलाई १–१ को बराबरीमा ल्याए । उनले थियागो सिल्भाको पासलाई जाली चुमाएका हुन् । यो चेल्सीका लागि औवामियाङको डेब्यु गोल हो । उनी यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट स्टामफोर्ड ब्रिज भित्रिएका हुन् ।
९० औं मिनेटमा क्रिस्टियन पुलिसिचको पासमा गोल गर्दै कोनोर गालाघरले चेल्सीलाई २–१ को रोमाञ्चक जित दिलाए ।
जितसँगै चेल्सी ७ खेलमा १३ अंकका साथ पाँचौं स्थानमा रहँदा पराजित क्रिस्टल प्यालेस समान खेलबाट ६ अंकका साथ १७ औं स्थानमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा वेस्टह्याम युनाइटेड, एभर्टन र न्युकासल युनाइटेडले पनि जित हात पारेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।