स्पेनिस ला लिगाअन्तर्गत गएरातिकाे खेलमा बार्सिलाेना विजयी भएकाे छ । ऊ घरेलु टाेली मालाेर्काविरुद्ध १–० ले विजयी भएकाे हाे ।
इबेराेस्टर स्टेडियममा खेलकाे २० औं मिनेटमा राेबर्ट लेवान्डोस्कीले गरेकाे एक मात्र गाेल बार्सिलाेनालाई जित दिलाउन पर्याप्त बन्याे ।
उनले अन्सु फातीकाे पासलाई पाेस्टकाे दिशा दिएका थिए । जितसँगै ७ खेलमा १९ अंक जाेडेकाे बार्सिलोना शीर्ष स्थानमा उक्लिँदा पराजित मालाेर्का समान खेलबाट ८ अंकका साथ १० औं स्थानमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा एथलेटिकाे मड्रिड र रियल भालाडेलिडले पनि जित हात पारेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।