फूलपातिको विशेष महत्व, वर्षदिन फूलपातिलाई कसरी प्रयोग गर्ने?

घटस्थापनाको सातौं दिन कालरात्रि भगवतीको पूजा उपासना गर्ने शास्त्रीय नियम रहेको छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि भगवतीको क्रमशः पूजा आव्हान पश्चात् उक्त दिनको नित्य पूजापछि मध्यान्हकालमा नवपत्रिकाका रूपमा फूलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएको छ ।

यद्यपि तुलजा भवानी रथ यात्राका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान १०:५ बजेको शुभ समय निर्धारण गरेको छ । ​षष्टी तिथिका दिन साँझको समयमा विल्व निमन्त्रणा गरेपछि सप्तमी तिथिमा नवपत्रिकाका रूपमा पूजाकोठामा फूलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएको छ।

‘कदली दाडिमी धान्या हरिद्रा मानकं कचु । विल्वाशोकौ जयन्ती च विज्ञेया नवपत्रिका : ।।’ 

१ कदली- केराकाे पात २ दाडिमी - दाडिम (अनार) ३ धान्या - धान (बाला सहितको बाेट ) ४ हरिद्रा- हलेदाे ५ मानकं - ६ कचु ७ अशाेक ८ बेल ९ जयन्ती यसरी नाै प्रकारका औषधीय गुणले युक्त भएका जडिबुटीका रूपमा मध्याह्नकाे समय पारेर पूजाकाेठा या जमरा घरमा विधिपूर्वक दियाे, कलश गणेश स्थापना गरेर पञ्चाेपचार या षाेडषाे पचारले विधिपूर्वक पूजा गरेर शंख,घन्ट सहित बाजागाजा बजाएर मंगलधुनसहित नवपत्रिका भित्र्याउने नियम रहिआएको छ ।

वर्षा ऋतु समापन पछि शरद ऋतुमा नयाँ अन्न चढाउने नियम रहेकाले नवित्रिकाकाे विशेष महत्व रहेकाे छ । हाम्राे देश नेपाल वैदिक,हिन्दू तन्त्रात्मक सिद्धभूमि भएकाले सदियौंदेखि चल्दै आएका नियम र परम्परामा रहेर आफ्ना चाडपर्वहरू मनाउनुपर्छ भन्ने धार्मिक ग्रन्थहरूमा व्याख्या भएकाे पाइन्छ ।

हिमाल, पहाड र तराई गरि तीन भागमा नेपालीकाे बसाेबास रहेकाले पनि भूमिअनुसार उपलब्ध वस्तुहरू पूजाघरमा भित्र्याउने र पूजा गर्नुपर्ने शास्त्रीय नियम रहिआएको । यसरी भित्र्याउने फूलपाति सुकेपछि धूलाे बनाएर शुद्ध गाईको घ्यूले माेलेर वर्षदिन धुपका रूपमा प्रयाेग गर्ने पनि नियम रहिआएको छ । 





  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार ९:१२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया