नेवि संघले समात्यो मुख्यमन्त्री कार्यालयका सचिवको गाडीसहित दर्जन बढी सरकारी सवारी

सप्तरी– ‘सरकारी गाडी दुरुपयोग रोक्ने’ अभियान चलाएको नेपाल विद्यार्थी संघले सप्तरीबाट प्रदेश २ का मुख्यमन्त्री कार्यालयका सचिवको सहित दर्जनभन्दा बढी गाडी नियन्त्रणमा लिएको छ ।

प्रदेश २ का मुख्यमन्त्री कार्यालयका सचिव पुष्प सापकोटा सबार ज १ झ ७३१ नम्बरको गाडी गजेन्द्र चोकबाट नियन्त्रणमा लिएको नेवि संघ सप्तरीले जनाएको छ ।

नेवि संघ कार्यकर्ताले गृहमन्त्रालयको बा २ झ ३८६० नम्बरको गाडीको पनि चाबी लिएका छन् । संघका अनुसार, आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष सवार गाडीको चाबी नियन्त्रणमा लिइएको हो ।

यीबाहेक, बिदाको दिन चलाइएका बा १० प १४३०, स १ ब ४४४१, स १ ब ७४८, स १ प ३३९, स १ ब ५३६, स १ ब १०६० नम्बरको सरकारी मोटरसाइकलको चाबी नेवि संघ कार्यकर्ताको नियन्त्रणमा छ ।





  • प्रकाशित मिति : माघ १९, २०७५ शनिबार १६:५७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया