जुम्लाको पुरानाे संस्कृति : घोडादौड प्रतियोगिता [तस्बिरहरू]

जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर गाउँपालिका–२ गडी गाउँका विकास बोहराको घोडा प्रथम भएको छ । सोही गाउँका शंकर रोकाया दोस्रो र सोही वडा कोल्तेका विपन्न बोहरा तृतीय  भएका छन् । घोडा दौड प्रतियोगिता यो जुम्लाको पुराना संस्कृति हो । हरेक वर्ष दसैंको फूलपातीको दिनमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो । यसअघि जुम्लाको विमानस्थलमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो ।  

२०५६/०६७ सालमा जुम्ला विमानस्थल कालोपत्रे भएयता घोडा दौड प्रतियोगिता रोकिएको थियो । तर, केही वर्ष यतादेखि कर्णाली स्पोर्ट्स क्लब जुम्लाले चन्दननाथ नगरपालिका–५ राजसिम चौरमा पुरानो जुम्ली संस्कृतिलाई जगेर्ना गर्दै आएको छ । यस वर्षको फूलपातीकै दिन छैटौं पटक घोडा दौड प्रतियोगिता गरिएको हो । घोडा दौड प्रतियोगितामा पालित, कदम र खुल्ला गरी तीनवटा विधामा पुरस्कार प्रदान गरिएको छ । 

त्यस्तै, पालिततर्फ चन्दननाथ नगरपालिका–१० गैरागाउँका हर्कबहादुर शाही प्रथम, गुठीचौर गाउँपालिका–५ कुम्डी गाउँका विर्खबहादुर भण्डारी दोस्रो र गुठीचौर गाउँपालिका–२ कुडीका मुनसुर बोहरा तृतीय भएका छन् । कदमतर्फ चन्दननाथ नगरापलिका–८ धरालवाडाका आनन्द धराला प्रथम, गुठीचौर गाउँपालिका–१ गडीगाउँका हरिप्रसाद बस्नेत दोस्रो र गुठीचौर गाउँपालिका–२ कोल्तेका कालिप्रसाद बोहरा तेस्रो भएको क्लवका अध्यक्ष सरोज शाहीले बताए ।

तीनवटै विधामा प्रथमलाई ५ हजार द्धतीयलाई ३ हजार र तृतीयलाई २ हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । घोडा दौड प्रतियोगितामा ३३ वटा घोडा सहभागिता जनाएको क्लबका सहसचिव धनराज सुनारले बताए ।



पछिल्लो समयमा  घोडा दौड लोप हुने स्थितिमा पुगेपछि प्रतियोगितामार्फत जुम्लामा घोडाको महत्त्व प्रवर्द्धन गर्न लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनले भने, ‘यसको इतिहास ठ्याक्कै थाहा छैन । तर, यसअघि जुम्ला विमानस्थल पिच हुनुभन्दा अगाडि विमानस्थलमै घोडा दौड हुन्थ्यो ।’ 



यस पटक घोडा दौड प्रतियोगितामा ३३ वटा घोडाको सहभागिता थियो ।  

  • प्रकाशित मिति : असोज १७, २०७९ साेमबार ८:२७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया