\
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचन सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका शीर्षसहित कार्यदल सदस्यहरूको बैठक जारी छ ।
बिहान साढे ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रतिनिधि सभाका केही निर्वाचन क्षेत्र र प्रदेश सभाका निर्वाचन क्षेत्रबारे छलफल भइरहेको छ ।
जसपाका कार्यदल सदस्य मनिष सुमनका अनुसार बैठकले आज नै सिट बाँडफाँटको टुंगो लगाउने गरी छलफल गरिरहेको छ । ‘आज नै टुंगो लगाउने भनिएको छ । तर, के हुन्छ हेरौँ । शीर्ष नेताले चाहे आजै सिट बाँडफाँट टुंगो लाग्छ,’ सुमनले भने ।
सिट बाँडफाँटमा कांग्रेस र माओवादी केन्द्रले जसपा र नेकपा एकीकृत समाजवादीलाई बेवास्ता गरेको भन्दै गठबन्धनमा असन्तुष्टि बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।