जिल्ला अस्पताल लमजुङले विजया दशमीको अवसरमा तीन दिन सेवा बन्द गर्ने भएको छ । असोज १८ गते नवमीदेखि २० गतेसम्म अस्पतालको प्रशासन तथा बहिरङ्ग सेवा बन्द गर्ने भएको हो । अस्पतालले एक सूचना जारी गरी प्रशासन तथा बहिरङ्ग विभाग बन्द हुने जनाएको छ ।
अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार प्रशासन तथा बहिरङ्ग विभाग बन्द गरिए पनि अस्पतालले प्रदान गर्दै आएको आकस्मिक तथा अन्तरङ्ग सेवा भने सञ्चालन हुनेछ ।
साथै डायलासिस र प्रसूति सेवा पनि यथावत् रूपमा नै सञ्चालन गरिने उनले बताए । चाडपर्वमा अस्पतालमा कार्यरत कर्मचारी दसैं मनाउन घरमा जाने भएकाले प्रशासन तथा बहिरङ्ग सेवा बन्द गरिने अस्पतालले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।