यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार स्विडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिने भएको छ। मानव प्रजातिको विकास क्रमसम्बन्धी काम गरेबापत पाबोलाई चिकित्सा शास्त्रतर्फको पुरस्कार दिइने भएको हो ।
मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहको आनुवंशिक सङ्केत पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ । उनलाई १ करोड स्वीडिश क्रोनर प्रदान गरिनेछ ।
नोबेल कमिटीले भनेको छ, ‘अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवंशिक फरक हाम्रा अगाडि राखिदिएर उनको अनुसन्धान हामी मानव विशिष्ट कसरी छौँ भन्ने पत्ता लगाउने आधार बनेको छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।