प्रिमियर लिगमा लेस्टर सिटीको पहिलो जित
फरकधार / १८ असोज, २०७९
यो सामग्री सेयर गर्नुहोस्

लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा यस सिजनको पहिलो जित निकालेको छ । गएराति सम्पन्न जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनप्रेरित लेस्टरले नटिङ्घम फरेस्टलाई ४–० गोल अन्तरले हरायो । 



२५ औं मिनेटमा म्याडिसनको गोलमा लेस्टरले अग्रता लियो । त्यसको दुई मिनेटपछि नै हार्भे ब्रान्सले गरेको गोलमा लेस्टरले अग्रता दोब्बर बनायो ।



३५ औं मिनेटमा म्याडिसनले लेस्टरको अग्रता ३–० मा पुर्‍याएका थिए । ७३ औं मिनेटमा प्याटसन डकाले लेस्टरको लागि चौथो गोल गरेका थिए ।



आठ खेलमा चार अंकसहित लेस्टर १९ औं स्थानमा उक्लिएको छ । समान खेलमा समान चार अंक जोडेको नटिङ्घम फरेस्ट २० औं स्थानमा छ ।   







  • प्रकाशित मिति : असोज १८, २०७९ मंगलबार ९:९:२३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया