घाँटीमा मासुको हड्डी अड्किँदा एकजनाको मृत्यु
फरकधार / १८ असोज, २०७९
यो सामग्री सेयर गर्नुहोस्

मासु खाँदा घाँटीमा हड्डी अड्किँदा चितवनमा एकजनाको मृत्यु भएको छ ।



जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाको कालिका नगरपालिका–८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हाड अड्किएर मृत्यु भएको हो ।



सोमबार साँझ करिब साढे ७ बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएपछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । 









  • प्रकाशित मिति : असोज १८, २०७९ मंगलबार १३:३८:५५,   अन्तिम अपडेट : असोज १८, २०७९ मंगलबार १३:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया