राष्ट्रपतिले गरिन् नव कन्याको पूजा

राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरूप आज महानवमीको दिन नव कन्याको पूजा गरेकी छन् । शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले ९ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरिन् । ती कन्यालाई बालमन्दिरबाट लगिएको हो । दसैं पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपति भण्डारीले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आएकी छन् ।

उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए । 





  • प्रकाशित मिति : असोज १८, २०७९ मंगलबार १४:२१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया